अशोक लेलैण्ड र ओमबीच सम्झौता

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले सहज रूपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंकबाट पाउने भएका छन् । बैंकले यसै अनुरुप ग्राहकहरूले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरूमा कर्जा सुविधाप्राप्त गर्ने भएका जनाएको छ ।