Logo

पानी उद्योगमा १२ करोड लगानी

जिल्लाको पानी उद्योगमा करिब १२ करोड रुपैयाँ लगानी रहेको छ । शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले व्यवससायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ लगानी गरेका हुन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगहरूमा चालु पुँजी २ करोड ७६ लाख २० हजार रुपैयाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिए ।

केसीका अनुसार उद्योगको स्थिर पुँजी ९ करोड २३ लाख २७ हजार रुपैयाँ रहेको छ । १८ पानी उद्योगमा आरोग्य मिनिरल वाटर एण्ड जुस उद्योग ,राप्ती ड्रिङक वाटर उद्योग, राम्री ड्रिङकिङ वाटर, ओम ड्रिङिक वाटर एण्ड जुस उद्योग, स्वर्गद्वारी ड्रिङकिङ वाटर उद्योग, सांग्रीला ड्रिङकिङ वाटर एण्ड वेभरीज प्रा.ली, गौतम जल सेवा, श्रीराईराम ड्रिङकिङ वाटर उद्योग र लमही खानेपानी उद्योग गरेर ९ वटा ३ ‘क’ साना वर्गमा परेका छन् । जसमा सबै भन्दा धेरै प्रशोधित पानी उत्पादन गर्ने १२ उद्योग रहेका अधिकृत केसीले बताए ।

उनका अनुसार ड्रिङकिङ वाटर तथा फ्लेवर ड्रिङक्स पानी उत्पादन गर्ने दुई वटा, मिनरल वाटर उत्पादन, पानी तथा आईस पप जुस उत्पादन र मिनरल सहित पानी तथा जुस उत्पादन गर्ने १/१ वटा उद्योगहरु रहेका छन् । त्यसैगरी डायनामिक वाटर एण्ड वेभरेज उद्योग १५/२ ‘ख’, एस.एम.बि. ड्रिङकिङ वाटर एण्ड वेभरीज प्रा.लि, बाल्मिकी जल सेवा, हाइलैण्ड लोईङ इन्डष्ट्रिज, गोरक्ष फुड एण्ड वेभरेज उद्योग, रारा प्रोसेसिङ प्रा.लि, भद्रकाली ड्रिङकिङ वाटर रहेका छन् ।

जिल्लाका पानी उद्योग मध्ये राम्री ड्रिङकिङ वाटर र स्वर्गद्वारी बिजनेस ग्रुपद्वारा सञ्चालित पानी उद्योगको वर्ग खुलेको छैन । अधिकांश उद्योगले भुमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत के.सीले बताए । “जिल्लामा सञ्चालित अधिकांश पानी उद्योगले भुमिगत पानी प्रशोधन गरेर बिक्री गर्ने गरेका छन्” अधिकृत केसीले भने ।

दाङसहित साविकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय आम नागरिकमा शुद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएसँगै जिल्लामा खानेपानीका उद्योगमा लगानी बढ्दै गएको हो । “पहिले घर घरमै कुवा वा धाराको पानी खाने प्रचलन थियो” कार्यालयका अधिकृत केसीले भने, “पछिल्लो समय मानिसमा शुद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएको छ । जस्ले गर्दा पानीको व्यवसाय समेत राम्रासँग चल्ने गरेका छन् ।”

व्यवसायसँगै जनतालाई शुद्ध पिउने पानी पुर्‍याउने उद्देश्यले उद्योगको स्थापना भएका कार्यालयले जनाएको छ । बढ्दै गएका पानी उद्योगका कारण बजारमा पानी बिक्रीका लागि लागी चुनौती रहे पनि गुणस्तरी पानी उत्पादन गर्ने उद्योग सफल हुने गरेको अधिकृत केसी बताउँछन् । जिल्लाका खानेपानी उद्योगमा स्थानीय एक सय ५० देखि दुई सयसम्मले रोजगारी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्