आगामी दश वर्ष ‘पर्यटन दशक’

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि “नेपाल घुमौं, नेपाल चिनौं” भन्ने नारा अनुसार सन् २०२३–२०३२ पर्यटन दशकको रुपमा मनाउने भएको छ । सोमबार संघीय प्रतिनिधिसभा र राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३– २०३२ लाई पर्यटनदशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ ।
अर्थमन्त्री महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने उल्लेख छ ।
चालु आर्थिक वर्षमा तत्कालीन सरकारले १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम ल्याएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्रयाउने गरि कार्यक्रम ल्याउने बताएका थिए । नेपालको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रूपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गर्ने उनले बताएका थिए ।
तत्कालीन सरकारले छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न सीमावर्ती सहर, ठूला सहर र शैक्षिक संस्थामा पर्यटन मेला तथा रोड शो जस्ता विशेष कार्यक्रम नेपाल पर्यटन बोर्ड मार्फत सञ्चालन गर्ने र आगामी वर्षमा १० लाख पर्यटक भित्र्याउने भनेको थियो । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भने मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ ।
चालु आवका कार्यक्रम
- दिगो विकास तथा वातावरण संरक्षणतर्फ संवेदनशील हुँदै उच्च मूल्यका हरित पर्यटन तथा पर्या पर्यटन प्रवर्द्धन गरिने
- सरकारले पर्यटन विकासको लागि पर्यटन गन्तव्यको पूर्वाधारमा जोड
- कोभिड–१९ महामारीबाट प्रभावित होटललगायत पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको आर्थिक वर्ष २०७९/०८० को वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिने व्यवस्था
- पर्यटन क्षेत्रको पुनरूत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता
- होटेल व्यवसायलाई नेपालमा उत्पादित खाद्यान्न, माछामासु, तरकारी लगायतका वस्तुहरू प्रयोग गर्न उत्प्रेरित गरिने
- नेपाल नागरिक उड्ययन प्राधिकरणको पुनः संरचना गरी सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुट्टै निकाय स्थापना गर्ने
- प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न
- स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको निर्माणका कार्यलाई निरन्तरता
- सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्किने संग्रहालय स्थापना गरिने
- पाँचसय वर्षभन्दा पुराना हिमाली गुम्बाहरूको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने
- प्रमुख पर्यटकीय गन्तव्यसम्मको यात्रा सहज बनाउन मुगु, मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता पर्यटकीय क्षेत्रको सडक स्तरोन्नति गर्ने
आगामी आवका कार्यक्रम
- नेपाल घुमौं, नेपाल चिनौं अभियान
- सन् २०२३–२०३२ पर्यटन दशक मनाइने
- अतिथि देवो भव अन्र्तगत विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने
- गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलियत
- आठ वटा विमानस्थलको स्तरोन्नति
पर्यटन प्रर्वद्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने समेत बजेटमा उल्लेख छ । सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने उल्लेख छ । त्यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौ, नेपाल चिनौ” भन्ने नारा सहित सञ्चालन गरिने समेत बजेटमा उल्लेख छ । स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार,प्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने सरकारले जनाएको छ ।
अर्थमन्त्री महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । त्यस्तै मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने बजेटमा उल्लेख छ ।
सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ । त्यसैगरी आन्तरिक पर्यटन प्रर्वद्धन गर्न “नेपाल घुमौ, नेपाल चिनौ” भन्ने नारा सहित अभियान सञ्चालन गरिने समेत बजेटमा उल्लेख छ । स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार र अन्र्तप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने सरकारले जनाएको छ ।
पर्यटनमा बजेट वृद्धि
सरकारले चालु आर्थिक वर्ष भन्दा २ अर्ब ५८ करोड रुपैयाँ पर्यटन क्षेत्रमा बजेट थप भएको छ । पर्यटन क्षेत्रका लागि सरकारले ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि करीब २ अर्ब ५८ करोड रुपैयाँ बजेट थप भएको छ । बजेटमा नेपाल नागरिक उड्यन प्राधिकरणलाई पुर्नसंरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग संस्था बनाउने बजेटमा उल्लेख छ । लामो समय देखि पुर्नसंरचनाको कुरा उठेपनि प्राधिकरणलाई अलग गर्ने कार्यको कार्यान्वयन हुन सकेको छैन । उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकास तथा सेवा प्रवाहमा सुधार गर्नुका साथै नियामकीय भूमिकालाई सवल बनाइने भनिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्व तयारीका कार्यका लागि बजेट छुट्याएको छ । नेपाल वायुसेवा निगमको पुनसंरचना गरी व्यवस्थापकीय सुधारका कार्य अघि बढाइने र हवाई सम्पर्कलाई विस्तार गर्न सम्भाव्य मुलुकसँग हवाई सेवा सम्झौताको प्रक्रिया अघि बढाइने उल्लेख छ । गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलियत दिएको छ ।
सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिग शुल्कमा सहुलियत दिने भएको छ । गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलियत दिने बजेटमा व्यवस्था गरिएको छ ।
बौद्धमार्गीलाई लुम्विनीसँग प्रत्यक्ष रूपमा जोड्न थाइल्याण्ड, श्रीलंका,चीन, भारत लगायतका राष्ट्रसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइने बजेटमा भनिएको छ । विमानस्थल स्तरोन्नति गरिने, हवाई यातायातलाई सहज र सुलभ बनाइने र ८ वटा विमानस्थलको स्तरोन्नति गरिने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलको स्तरवृद्धि गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए । त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलंगा लगायतका विमानस्थलको स्तरोन्नति गरिने जनाइको छ ।