शहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन «

शहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन

सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् । सरकारले शहरी विकास मन्त्रालय अन्तरर्गत चालु आर्थिक वर्षको भन्दा बजेट बढाएर झण्डै दोब्बर पुर्‍याएको छ ।

अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए । उनले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका सुकुम्वासी बसोवास हटाइने बताए । उनले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोवास हटाइने बताए ।

उनले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । उनले भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताए । उनले स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए । उनले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्