विकास निर्माण घट्दा डिजेल आयात २६ प्रतिशत कम «

विकास निर्माण घट्दा डिजेल आयात २६ प्रतिशत कम

चालू आर्थिक वर्षमा विकास निर्माणका कामले तीव्रता नपाउँदा डिजेलको आयातमा कमी आएको छ । नेपाल आयाल निगमको तथ्यांकअनुसार चालु आवको १० महिनामा डिजेलको आयात २६ प्रतिशतले कमी आएको हो । गत वर्ष १० महिनामा १४ लाख १ हजार ८०४ किलोलिटर डिजेल खपत भएको डिजेल चालु आवको सोही अवधिमा २६ प्रतिशत कमी आइ १० लाख ३६ हजार किलोलिटर खपत भएको छ ।

विकास निर्माणका काममा कमी आउँदा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा २६ प्रतिशतले डिजेलको आयात घटेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । विकास निर्माणका कामले बजार चलायमान हुँदा पेट्रोलियम पदार्थ खपत बढ्छ । चालू आवमा अर्थतन्त्रमा आएको समस्याका कारण विकास निर्माणको कामले तीव्रता पाउन सकेको छैन । सोही कारणले डिजेलको खपतमा कमी आएको निर्देशक साहको भनाइ छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको जेठ १० गतेसम्म विकास खर्च जम्ममा ३५.२४ प्रतिशत भएको छ । विकास खर्चका लागि विनियोजन गरेको कुल ३ खर्ब ८० अर्ब रुपैयाँ बजेटमा चालू आवको साढे एक महिनामा बाँकी हुँदा ३५.२४ प्रतिशत मात्र खर्च भएको हो । निगमका अनुसार औद्योगिक क्षेत्रमा करिब ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

चालु आवमा अर्थतन्त्रमा आएको संकटका कारण औद्योगिक क्षेत्रमा पूर्ण रुपमा सञ्चालनमा नआउँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । विगतमा विकास निर्माणका कामको तीव्रता र औद्योगिक क्षेत्र पूर्णरुपमा सञ्चालन हुँदा हरेक वर्ष करिब १० प्रतिशतले पेट्रोलियम पदार्थ आयात वृद्धि हुने गरेको थियो । यो चालू आवमा अर्थतन्त्रमा चलायमन नहुँदा पेट्रोलियम पदार्थ आयातमा कमी आएको हो ।

गत वर्ष भन्दा चालू आवमा पेट्रोलियम पदार्थ मूल्य बढेका कारणले पनि आन्तरिक खपत घटेको आयात पनि कम भएको निर्देशक साहको भनाइ छ । उनले चालू आवमा १० महिनामा पेट्रोल खपत ८ प्रतिशतले घटेको बताए । निगमका अनुसार गत वर्ष १० महिनामा ५ लाख ८३ हजार ३८२ किलोलिटर पेट्रोल खपत भएकोमा चालु आव सोही अवधिमा ५ लाख ३२ हजार २०८ किलोलिटरमा खपत भएको छ ।

यस्तै मट्टितेल गत वर्षको १० महिनामा १४ हजार १९० किलोलिटर खपत भएको थियो भने चालु आव सोही अवधिमा ९ हजार ६४ किलोलिटर मट्टितेल आयात खपत भएको छ । गत वर्षको तुलनामा चालू आवमा मट्टितेल समेत ४.१२ प्रतिशतले घटेको छ । यसैगरी खाना पकाउने एलपी ग्यास ३.१३ प्रतिशत घटेको छ । गत वर्ष १० महिनामा ४ लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालू आव सोही अवधिमा ४ लाख ६ हजार ७८५ मेट्रिक टन आयात भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आवको जेठ १० सम्ममा विकास खर्च जम्ममा ३५.२४ प्रतिशत भएको छ । विकास खर्चका लागि विनियोजन गरेको कुल ३ खर्ब ८० अर्ब रुपैयाँ बजेटमा चालू आवको साढे एक महिनामा बाँकी हुँदा ३५.२४ प्रतिशत मात्र खर्च भएका छ । यस्तै ३ खर्ब ८० अर्ब रुपैयाँमध्ये १ खर्ब ३४ अर्ब रुपैयाँ मात्र विकास खर्चमा भएको छ । चालूतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजित बजेटमा ६८.८७ प्रतिशतले खर्च भएको छ । यस्तै वित्तीयतर्फ २ खर्ब २० अर्ब विनियोजित बजेटमा ६१.३२ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्