अमेरिकामा १ प्रतिशतभन्दा कम चिनिया स्टिल निर्यात

विश्वकै ठूलो स्टिल उत्पादक मुलुक चीनले गर्ने कुल उत्पादनको १ प्रतिशतभन्दा कम मात्रै अमेरिका निर्यात गर्दै आएको अमेरिकी थिंक ट्यांकले हालै गरेको अध्ययनले देखाएको छ । यो तथ्यांक हेर्दा अमेरिकी सरकारले गर्न लागेको भनिएको स्टिलको अनुसन्धानमा चीनलाई समावेश गर्नु असान्दर्भिक देखिएको छ ।
ट्रम्प प्रशासनले अप्रिल २० मा कतै स्टिलको आयातले राष्ट्रिय सुरक्षा जोखिममा परेको छ वा छैन भन्ने विषयमा अनुसन्धानको थालनी गरेको थियो । अधिक क्षमताको ठूलो आकारले स्टिल उत्पादनका लागि अमेरिका र विश्वव्यापी बजार दुवै तोडमोड भएको दाबी राष्ट्रपति ट्रम्पले गरेका छन् ।
यसमा विदेशी राष्ट्रले दिएको सहुलियन र पक्षपातपूर्ण व्यवहारको योगदान ठूलो भएको दाबी उनको छ ।यो अनुसन्धानको चीनसँग कुनै तेलदेन नभएको ट्रम्पले बताए पनि वाणिज्य सचिव विल्ब रोसले चीनलाई मुख्य निसानामा राख्दै आएका छन् । उनले अनुसन्धानको नेतृत्व गर्दै आएका छन् ।
चीनले २०१६ मा गरेको स्टिलको निर्यातमा अमेरिकाले ०.९ प्रतिशत मात्रै खरिद गरेको वासिङ्टनस्थित प्रमुख थिंक ट्यांक पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।चीनले अमेरिकामा गरेको स्टिलको निर्यात २०१५ को २२ लाख १० हजार टनबाट २०१६ मा ४ सय ५७ प्रतिशतले घटेर ९५ हजार टन कायम भएको थियो ।
ओबामा प्रशासनले लगाएको एन्टिडम्पिङ र काउन्टरभेलिङ भन्सारका कारण चीनले अमेरिकामा गरेको निर्यातमा ह्वात्तै गिरावट आएको हो । २०१६ को अन्त्यमा चीनबाट आयात हुने स्टिल मिलको विरुद्धमा २० अमेरिकी नीति कार्यान्वयनमा आएको थियो ।