बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंक

प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बाँसगढी को कारोबार शुभारम्भ गरिएको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासका लागि सहरी तथा ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।