Logo

६० अर्ब भन्दा बढी भुक्तानी हुन बाँकी

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन बमोजिम पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन पेस्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्याआई समग्र अर्थतन्त्रमा प्रतिकूलप्रभाव परेको बताएका छन् । निर्माण व्यवसायीहरूको ६० अर्ब रुपैया भन्दाबढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायी अझ बढी मारमा परेको भन्दै अध्यक्ष सिंहले महासंघको हालै सम्पन्न २४ औं साधारण सभाबाट पारित घोषणापत्र बारे मन्त्री महतलाई जानकारी गराएका थिए । मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायी तयार रहेको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्