घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले निगमलाई पठाएको नयाँ मूल्यअनुसार डिजल ५ रुपैयाँ ५ पैसा र पेट्रोल १ रुपैयाँ २१ पैसाले घटेर आएको छ ।
खाना पकाउने ग्यासमा भने ३ सय रुपैयाँले मूल्य बढेर आएको छ । आईओसीले हरेक १५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ । उक्त नयाँ मूल्यसूचीअनुसार यस पटक भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर करिब ३ सय रुपैयाँ आएको छ ।
यसअघि मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाउन मानेको थिएन । त्यसभन्दा अघि मूल्य केही बढेर आउँदा भने निगमले हतारहतार पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो । यसअघि निगम १५ दिनमा ५१ करोड रुपैयाँ नाफामा गएको थियो ।