Logo

सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकी छन् । प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकांक्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन् ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेट्दै बजेटमा स्रोत व्यवस्थापन गर्ने भनाइसमेत राष्ट्रपति भण्डारीले राखिन् । नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै मित्र राष्ट्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने आशा लिएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीको सम्बोधनसँगै संयुक्त बैठक समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्