लिङदेनसँग एनआरएनएका पदाधिकारीको भेट «

लिङदेनसँग एनआरएनएका पदाधिकारीको भेट

नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले भेट गरेका छन् । बुधबार दिउँसो सिंहदरवारस्थित मन्त्री लिङदेनकै कार्यकक्षमा एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गरेका छन् ।

भेटका क्रममा आफ्ना मुद्धाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङदेनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताइन् । गैरआवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ । आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्