छेलो प्रतियोगिताको पहलमान मल्लाजका इन्द्र बरुवाल «

छेलो प्रतियोगिताको पहलमान मल्लाजका इन्द्र बरुवाल

म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागी भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका–३ मल्लाजका ५३ वर्षीय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् ।

छेलो प्रतिस्पर्धामा बरुवालले १३ मिटर २० सेन्टिमिटर फाल्दै जितेका थिए । विजयी बरुवाललाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललगायतले नगद तीन हजार रुपैयाँसहित फेता लगाएर प्रमाणपत्रले सम्मान गरेका थिए । विजयी बरुवालले २७ वर्षअघि २०५२ सालमा पनि छेलो जितेका थिए ।

सदरमुकाम बेनी बजारमा जारी महोत्सवमा स्थानीय उत्पादन एवं औद्योगिक प्रदर्शनी, लोकदोहोरी, एकल लोकगीत प्रतियोगिता, पालिकास्तरको भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत, पालिकास्तरीय पुख्यौलीनाच प्रतियोगिता, रत्यौली, झाँकी प्रदर्शनीलगायतका कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्