राय अर्थ सचिव, घिमिरे राजस्व सचिवमा «

राय अर्थ सचिव, घिमिरे राजस्व सचिवमा

अर्थमन्त्री विष्णु पौडेलले अर्थ र राजश्व सचिव फेरेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता नहुँदै अर्थमन्त्री पौडेलले दुबै सचिव फेरेका हुन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकबाट अर्थ सचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको हो । राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । रायले विगतमा अर्थमन्त्रालयका विभिन्न निकायमा बसेर काम गरेका थिए ।

अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले अर्थ र राजस्व प्रशासनका बारेमा कुनै ज्ञान नभएका कृष्णहरि पुष्करलाई राजस्व हुँदै अर्थसचिव बनाएका थिए । राजश्व सचिवमा भने रामेश्वर दंगालले काम गर्दै आएका थिए । उनले विगतमा अर्थमन्त्रालय अन्तरगत काम गर्दै आएका थिए । यो वर्ष राजश्व असुली कम भएपछि सरकार दबावमा छ । यही कारण मन्त्री पौडेलले अनुभवी रायलाई मन्त्रालय भित्र्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्