Logo

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी सम्मान

ग्लोबल आइएमई बैंकले स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । बैंकमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए । उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको योगदानका लागि सबै कर्मचारीहलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्