नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आईएमई «

नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आईएमई

नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आईएमई लिमिटेड अनुबन्ध भएको जनाएको छ । योसँगै कार्यक्रमको नामसमेत आइएमई नेपाल लोकस्टार रहने भन्दै आयोजकको कार्यक्रम नेपालका सातवटै प्रदेशमा अडिसन आयोजना गरी सरदर प्रतिप्रदेश ५० प्रतिस्पर्धी छनोट गरिएको बताए । कार्यक्रममा हाल विभिन्न चरण पार गरेका शीर्ष २५ को छनोट भइसकेको छ । साथै, कार्यक्रमममा प्रथम हुनेले ५० लाख, द्वितीय हुनेले २५ लाख र तृतीय हुनेले १० लाख रुपैयाँ नगद पाउने छन् । कार्यक्रम १२ असारदेखि प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान एचडीमा प्रसारण हुनेछ । कार्यक्रमको भोटिङ राउन्डमा गरिने भोट आइएमई पेमार्फत हुनेसमेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्