सोलुखुम्बुको तिङलामा प्राइम कमर्सियल बैंक «

सोलुखुम्बुको तिङलामा प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले सोलुखुम्बुको रमितेबजार, तिङलामा शुक्रबार नयाँ शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालन पछि बैंकको कार्यालय संख्या ५५ पुगेको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरुको उपस्थितिमा शुक्रबार एक समारोहकाबीच दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङम्बुु तथा बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालयको रमितेबजार, तिङलामा संयुक्त रूपमा उद्घाटन गरे ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट गर्छ । साथै बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्