विश्व पर्यटन गतिविधि र सन् २०२२ मा नेपाली पर्यटन

निकट समय अर्थात् अबको दुई दिनमै सन् २०२२ लाई बिदा दिने समय आउँदै छ । त्यसपछि सन् २०२२ अन्त्य हुनेछ । हुन पनि यो लेख लेख्दै गर्दा सन् २०२२ को डिसेम्बर २७ भएको छ । अब केवल बाँकी चार दिन छ, सन् २०२२ सकिनका लागि । त्यसपछि सन् २०२३ सुरु हुन्छ ।
यसै सन्दर्भमा यो लेखमा विश्व पर्यटन संगठन वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) ले आफूले सन् २०२२ को १२ महिनामा गरेका केही काम–कारबाही र सो क्रममा गरेको विभिन्न प्रगति विवरणहरू पनि हालसालै प्रकाशित गरेको छ । विश्व पर्यटन संगठन वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) ले आफूले सन् २०२२ को १२ महिनामा सो प्रगति विवरणअनुसार सन् २०२२ को जनवरी महिनामा ग्लोबल टुरिजम एड्भोकेसी आयोजना गर्यो ।
फेब्रुअरीमा टुरिजम लिडर समिट आयोजना गर्यो । त्यस्तै मार्चमा वुमेन इम्पावरमेन्ट हर्ट अफ टुरिजम रि–स्टार्ट र बेस्ट भिलेज टुरिजम (दोस्रो पटक) आयोजना गर्यो । अप्रिलमा चाहिँ अवेक टुरिजम च्यालेन्ज फर स्टार्ट–अप आयोजना गर्यो भने मेमा संयुक्त राष्ट्रसंघको साधारणसभामा दिगो पर्यटनका लागि उच्चस्तरीय छलफल गर्यो । त्यसै गरेर जुन महिनामा विश्वका १ सय १६ सदस्य देशका कार्यकारी सभाले समुद्रका सम्बन्धमा सम्मेलन गरे भने जुलाईमा पहिलो पटक फस्र्ट ग्लोबल युथ टुरिजम समिट आयोजना गर्यो ।
सन् २०१९ को कोरोना महामारीपछि सन् २०२० मा २ लाख ३० हजार ८५ र सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ विदेशी पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यसरी हेर्दा सन् २०२२ मा नेपालमा विदेशी पर्यटकको ओइरो नै लागेको मान्नुपर्ने हुन्छ ।
त्यस्तै अगस्ट महिनामा अन्तर्राष्ट्रिय पर्यटन लगातार सकारात्मक दिशातर्फ गएको सन्देश प्रवाह गर्यो । स्मरणीय छ, सन् २०२२ को अगस्ट महिनामा चाहिँ २ सय ५० मिलियन अन्तर्राष्ट्रिय पर्यटक संख्याले विश्वका विभिन्न देशको भ्रमण गरेको तथ्यांक सार्वजनिक भयो । त्यस्तै सन् २०२२ को सेप्टेम्बर महिनामा विश्व पर्यटन दिवसमा विश्वका विकसित २० देशका सरकारहरूबीच जी–२० टुरिजम वर्किङ ग्रुप आयोजना गर्यो । साथै, कोरोना महामारीअघिको तुलनामा ६० प्रतिशतले विश्व पर्यटनमा प्रगति भएको सार्वजनिक गर्यो ।
साथै, अक्टोबर महिनामा विश्व पर्यटन संगठन वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) को नेटवर्क अफ टुरिजम अब्जरभेटरी (इन्स्टो) आयोजना र सो अब्जरभेटरीले विश्व पर्यटन संगठन वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) मा विश्वका अरू देशलाई पनि सदस्यका रूपमा थप्ने गरी सहमति दियो भने नोभेम्बर महिनामा चाहिँ विश्व पर्यटन संगठन वल्र्ड टुरिजम अर्गनाइजेसन (डब्लूटीओ) का सदस्य राष्ट्रका पर्यटन मन्त्रीहरूको सम्मेलन आयोजना गर्यो ।
त्यस्तै जलवायुसम्बन्धी कोप–२७ सम्मेलनमा पर्यटनसम्बन्धी एजेन्डामा छलफल गराउन सफल भयो भने सन् २०२२ को अन्तिम महिना अर्थात् डिसेम्बरमा चाहिँ विश्व खानपिनसम्बन्धी ग्यास्ट्रोनोमी फोम, बेस्ट टुरिजम भिलेज एन्ड स्टुडेन्ट लिग–२०२२ सम्मेलन आयोजना गर्यो । यता नेपाली पर्यटनको सन्दर्भमा भन्नुपर्दा त्यस्ता कुनै कार्यक्रमहरू गरिएन तापनि नेपाल आउने विदेशी पर्यटकको संख्यामा भने राम्रै वृद्घि भएको छ ।
हुन पनि सन् २०२२ मा ५ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान् कि भन्ने अनुमान गरिएकोमा ११ महिनामै ५ लाख ४६ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । बाँकी एक महिना अर्थात् डिसेम्बरमा जति विदेशी पर्यटकले नेपाल भ्रमण गरे तापनि ६ लाख नाघ्ने देखिँदैन । जे होस्, सुरुमा नेपाली पर्यटनको उत्थान र प्रवर्द्धन गर्नमा विदेशी नागरिकहरूको महत्त्वपूर्ण योगदान रहेको थियो भन्ने हामीले बिर्सनु हुँदैन ।
त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापानिज, स्वीस, रूसी, फ्रान्सिसी, इटलियन आदि देशका नागरिकहरू नेपाली पर्यटन प्रवर्द्धन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरूले गरेको त्यो सुरुवाती योगदानलाई कदापि पनि भुल्नु हुँदैन । त्यसो त ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू सुरुमा शुद्ध पर्यटन व्यवसायीका रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल बसेका थिए ।
जेजस्तो भए तापनि विदेशमा नेपालको पर्यटनको प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय उत्पादनहरू जस्तै-पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रुप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरूबाटै सुरु भएको कुरालाई हामीले स्विकार्नुपर्ने हुन्छ ।
३० वर्षे पञ्चायती कालमा भने नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले पनि लाखको संख्या नाघ्न थाल्यो । सन् १९८९/९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्त्व पाउन थाल्यो । तर, बीचको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकास लागि खासै गर्व गर्न लायक काम गरेन ।
हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्य शुल्क असुल्ने काममा हेरविचार गरिएन । त्यो बेलाको सरकारले गरेको एकमात्र राम्रो काम भनेको ‘नेपाल पर्यटन बोर्ड’को गठन हो । वि.सं. २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो ।
त्यसो भए तापनि विदेशी पर्यटकले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको प्रतिव्यक्ति प्रतिदिन नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यस्तै, सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले नेपाली पर्यटन अरू थिलथिलो भएको थियो । हुन पनि तथ्यांक नै हेर्ने हो भने सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा जम्मा ५ लाख ३८ हजार ९ सय ७० जना विदेशी पर्यटक मात्रै नेपाल आएका थिए ।
साथै सन् २०१९ को कोरोना महामारीपछि सन् २०२० मा २ लाख ३० हजार ८५ र सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ विदेशी पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यसरी हेर्दा सन् २०२२ मा नेपालमा विदेशी पर्यटकको ओइरो नै लागेको मान्नुपर्ने हुन्छ । जस्तै, माओवादी र सरकारबीच द्वन्द्व सुरु हुनुअघि सन् १९९९ मा झन्डै ५ लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । तर, नेपाल सरकार र माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि सन् २००२ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या घटेर २ लाख ७५ हजारमा झरेको थियो ।