ग्लोबल आईएमई बैंकको थप २ नयाँ शाखा

ग्लोबल आईएमई बैंकले आइतबारदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ ।
ग्लोबल आईएमई बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यका भित्र जोरपाटीमा ३५औं शाखा कार्यालय खोलिएको हो भन्दै २ नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या १ सय १५ पुगेको पनि जनाएको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्गसम्म सेवा पुराउने उद्देश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र आइतबारबाट ६८ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको पनि जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्ट्रेलिया , बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।