गुठी विधेयक ल्याउने तयारीमा सरकार

सरकारले गुठी विधेयक ल्याउने तयारी गरेको छ । गुठी विधेयककै विषयमा तीन वर्षअघि राजधानीमा आन्दोलन हुँदा विधेयक आउन नसकेको र अब गुठी विधेयक तयार गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बताएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चाँडोभन्दा चाँडो गुठी विधेयक ल्याउने तयारी भएको बताएकी छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी छरिएर रहेका ऐन र कानुनलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको पनि जानकारी दिएकी छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारीसम्बन्धी छरिएर रहेका र पुराना कानुनलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले सुरु गरिरहेको बताएकी हुन् ।
मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिएकी छन् । नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले समस्याग्रस्त सहकारीको उचित व्यवस्थापन गरी आगामी दिनमा सहकारीलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको उनको भनाइ छ ।
“सहकारीह“ आफ्नो उद्देश्य, मर्म र भावनाअनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरुप चलेको थुप्रै सहकारीले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको छन्,” उनले भनिन्, “भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवालाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यसतर्फ सहकारी लाग्नु पर्नेछ ।”
मन्त्री श्रेष्ठले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारीसम्बन्धी ऐन र कानुन पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औंल्याएकी छिन् ।