लक्ष्मी बैंकका शेयरधनीले लाभांश नपाउने

लक्ष्मी बैंकले यो वर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले यो वर्ष शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने पनि निर्णय गरेको छ । गत वर्ष यो बैंकले ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश दिएको थियो ।