Logo

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले संखुवासभामा नँँया एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । संखुवासभाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोलाबजारमा सो एक्सटेन्सन काउन्टर स्थापना गरिएको हो ।

यो एक्स्टेन्सन काउन्टरको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यसका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्