Logo

सिभिल बैंक १३औं वर्षमा

सिभिल बैंकले देशैभर विविध १२ कार्यक्रमहरुको आयोजना गरी १२औं वार्षिकोत्सव मनाएको छ । बैंकले वर्ष उत्सवमा रक्तदान, छात्रवृत्ति, साक्षरतालगायतका १२ सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको हो ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप यस बैंकले सफा टेम्पुहरुको भाडा क्यूआर कोडमार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ ।

जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछि नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी छ स्थानका ट्याम्पुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरीने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेशबहादुर मल्ल, शम्भूप्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्