महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट अफर

महालक्ष्मी विकास बैंकका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायत क्षेत्रमा विभिन्न छुट सुविधा पाउने भएका छन् ।
बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यससम्बन्धी सम्झौता गरेको बताएको छ । सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै बैंकले यस्तो सम्झौता गरेको बताएको छ ।
सम्झौतासँगै बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’का सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने छ ।
त्यस्तै, ग्राहकले कुन्दलिनी आयुर्वेदका सेवाहरूमा अधिकतम २० प्रतिशत छुट पाउने समेत बैंकले बताएको छ । सुबाकी ब्युटी सैलुन र अपुलेन्स एस्थेटिक्समा १० प्रतिशत, क्रिस्टल डाइग्नोस्टिकको सेवामा अधिकतम २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
यस्तो सेवा बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले यस्तो सेवा प्रदान गरेको समेत बताइएको छ ।