अत्यावश्यक सवारीसाधनले अनुमति लिनु नपर्ने

मंसिर ४ गते हुने चुनावका दिन अत्यावश्यक सवारीसाधन अनुमतिपत्र विनै पनि सञ्चालन गर्न पाइने भएको छ ।
मतदानका दिन बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, सञ्चारकर्मी, तरकारी तथा फलफूल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनका लागि छुट्टै पास नचाहिने निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचीमा परेका बाहेकका सवारी साधन भने अनुमति पत्र विना सञ्चालन गर्न पाइने छैन ।
अनुमतिपत्र लिनु नपर्ने सवारीसाधन
बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल
खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन
दूध बोक्ने सवारीसाधन
सूचना तथा प्रशारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन
दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन
तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारीसाधन
कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरुमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएका सवारीसाधन
विदेशी पर्यटकमात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन
आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन