नेप्से परिसूचक ३९.१५ अंकले गिरावट «

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट भएको छ ।
बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । यसदिन कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।
नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
बुधबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ७.४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य २.२२ प्रतिशत बढेको छ । तर यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा यसदिन नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्