स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नगद लाभांश प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस सेयर नदिएर नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।