Logo

प्राइमले ललितपुर फाइनान्स एक्विजिसन गर्ने

कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५, लगनखेलस्थित केन्द्रीय कार्यालय रहेको ‘ग’ वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी सहमतिपत्रमा आइतबार एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दीपक महर्जनले एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर गरे ।
कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्तिपश्चात् प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशनबमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्