सिद्धार्थ क्यापिटलको सचेतना कार्यक्रम

सिद्धार्थ क्यापिटलले चितवनको भरतपुरमा एक दिने धितोपत्र बजार र लगानी सम्बन्धी अन्तरक्रिया सञ्चालन गरेको छ ।
विश्व लगानीकर्ता सप्ताह अन्तर्गत क्यापिटलले भरतपुरस्थित इन्द्रेणी कले धितोपत्र बजार सम्बन्धि लगानिकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक दिपेश चौलागाई र भुवन देशार तथा सिद्धार्थ क्यापिटलका मुक्तिनाथ सुवेदी, निरजन कार्की र नमिता कट्टेलले विभिन्न विषयमा जानकारी गराएका थिए ।
विद्यार्थीहरूलाई धितोपत्र बजारका आधारभूत पक्षहरू र नेपालको धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सयजना भन्दा बढी विद्यार्थी सहभागी थिए ।