महालक्ष्मी विकास बैंकको लकर सुविधामा छुट

महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरूका लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको बताइएको छ ।
हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, नि:शुल्क एटीएम कार्ड तथा मोवाइल बैंकिङ लगायतका अन्य सुविधाहरू रहेका छन् ।
यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको बताएको छ ।