Logo

दुर्गले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदमा जुम्लाका दुर्ग बुढाले कर्णाली प्रदेशलाई पहिलो स्वर्ण पदक दिलाएका छन् । एथ्लेटिक्स तर्फको ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा बुढाले ८ मिनेट ५५.१९ सेकेन्डमा दौड पूरा गरे । रजत पदक जितेका एपिएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा निर्धारित दूरी पार गरे । आर्मीका सुवास कार्कीले कास्य पदक हात पारे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरे ।

प्रतिक्रिया दिनुहोस्