मुख्यमन्त्रीद्वारा धादिङमा  पालिका स्तरीय क्रिकेट लिगको उद्घाटन  «

मुख्यमन्त्रीद्वारा धादिङमा  पालिका स्तरीय क्रिकेट लिगको उद्घाटन 

 धादिङमा शुरु भएको अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेद्वारा उद्घाटन गरिएको छ ।  जिल्लाभित्रका स्थानीय सरकारहरुको सहयोगमा धादिङ जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे । सो–म्याचमा स्थानीयतह र क्रिकेट संघका पदाधिकारीहरु पनि सहभागी थिए । 

प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाबाट आठ टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेलेका छन् । 

धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्