भायानेट कम्युनिकेसन्स २४औं वर्षमा

भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।
भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ ।
सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बन्यो । यसरी भायानेट कुनै पनि स्यरिङ रेसियो बिना डेडीकेटेड इन्टरनेट मार्फत द्रुत गतिको इन्टरनेट प्रदान गर्ने कम्पनी पनि बन्यो । त्यसैगरी सन् २०१६ मा भायानेट आईपीटीभी सेवाहरू प्रस्तुत गर्ने पहिलो कम्पनी मध्य एक बनी नेपाली ग्राहकहरूको टिभी हेर्ने अनुभवलाई परिष्कृत बनाउन सघायो ।
आजको दिनमा कम्पनीले सेवाको निरन्तर अपग्रेड गर्नाका साथै थप ग्राहकहरु माझ आफ्नो गुणस्तरीय सेवा विस्तार गरिरहेको कम्पनीले जनाएको छ । भायानेटले आफ्नो अल्ट्रा–फाई इन्टरनेट लाइनअपमार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ ।
भायानेटको अर्को उत्कृष्ट उत्पादन भाया टिभीले सस्तो दरमा १७५+ टिभी च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्खरै भाया टीभीलाई भाया टिभी २.य मा अपग्रेड गरी अलग–अलग दर्शक प्रोफाइलहरू, पिक्चर–इन–पिक्चर मोड, पे–पर–भ्यूलगायतका आधुनिक फिचरहरू लिएर आएको छ ।
भविष्यमा भायानेट कम्युनिकेसनले व्यक्तिगत तथा व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, टिभी र अन्य डिजिटल सेवाहरूको नियमित मागहरू पूरा गर्न आफ्ना उत्पादन र सेवालाई अझ बढी व्यवस्थित र विस्तारित गराउने जनाएको छ ।