पिपल्स पावरको सेयर सूचीकृत

पिपुल्स पावर लिमिटेडको नेप्से संकेत पीपीएल प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यको ६३ लाख २६ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
बिहीबार पिपुल्स पावर तथा नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको हो । पिपुल्स पावरकोे प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटलमार्फत बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता सेयरधनीमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार ४०० (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) सेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण सेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई चयन गरेको छ । सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्का लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।