ग्रामीण विकास लघुवित्तको अध्यक्षमा दंगाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको २४ असोजमा बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पद तथा गोपनियताको सपथ गराएका छन् । सो अवसरमा संस्थाका सञ्चालक मनोजकुमार खडका, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको समेत उपस्थिति थियो ।
यसअघि दंगाल सोही संस्थामा २०७८ देखि संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै संस्थाले थप नया“ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।