Logo

कृषि ज्ञान केन्द्रको बजेट ७ करोड ८३ लाख

कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले चालु आर्थिक वर्षमा कुल ७ करोड ८३ लाख २६ हजार बजेट रहेको जानकारी दिए । चालुतर्फ ७ करोड १८ लाख २१ हजार र पुँजीगत तर्फ ६५ लाख ५ हजार छ । कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि २ करोड १९ लाख २८ हजार, साधारण कार्यालय सञ्चालन तथा प्रशासन ३ करोड ५८ हजार, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका ४९ लाख ३९ हजार, कृषि तथा पशपन्छी जन्य उद्योग यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमका लागि ७९ लाख ५६ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रम ३१ लाख ९० हजार, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना संघ सर्शत अनुदान ३७ लाख ५० हजार रहेको उनले बताए ।
पुँजीगत खर्च साधारण कार्यक्रममा ५० लाख ५ हजार, कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद १५ लाख रहेको उनले बताए । अघिल्लो आर्थिक वर्षको भन्दा बजेट घटेर आएको उनले बताए । कार्यक्रममा केन्द्रका कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले अघिल्लो आर्थिक वर्षमा भएको प्रगतिका वारेमा जानकारी गराएका थिए । संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित कार्यक्रमको प्रभावबाट दाङमा तरकारी खेतीमा ६ सय ५० जना व्यवसायीक कृषकद्वारा उत्पादित ताजा तरकारी ६१ करोड ३८ लाख बराबरको जिल्ला बाहिर निकासी गर्न गरिएको बताए । मकै ३३ करोड ६० लाख जिल्ला बाहिर निकासी गर्न सकिएको, १७ करोेड २८ लाख बराबरको मह वाहिर निकासी गर्न सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्