Logo

भुजुङ हाइड्रोपावरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावरले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ ।
कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यसका लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।
हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पुँजी ३२.७२५ करोड रूपैयाँ छ । सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।
आयोजनाको कुल लागत ३९ करोड छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात् ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्