पाकिस्तानलाई जेएफ–१७ लडाकु विमान

चीनले पाकिस्तानी वायु सेनालाई सुदृढ पार्नका लागि जेएफ–१७ फाइट विमानको उन्नत भर्सन दिएको छ । यसबाट पाकिस्तानी वायुसेनाको क्षमता बढ्ने देखिएको छ । दुवै देशले यो बहुउद्देश्यीय लडाकु विमानको विकास तथा म्यानुफ्याक्चरिङका लागि एक दशकअघि सम्झौता गरेका थिए । यसअन्तर्गत पाकिस्तानको जेएफ–१७ विमानलाई अपग्रेड गरिने बताइएको छ ।
सरकारी अखबार ग्लोबल टाइम्समा गत साता प्रकाशित समाचारअनुसार चीन–पाकिस्तानले एक सिटवाला हलुका जेएफ–१७ विमानका लागि संयुक्त रूपमा एक दशकपहिले सम्झौता गरेका थिए । चीनले पहिलो पटक यी विमान सन् २००७ मा पाकिस्तानलाई सुम्पिएको थियो ।
एक दशकसम्मको प्रयोगपछि यी विमानलाई पहिलो पटक उन्नत बनाउन लागिएको छ । यो काम २०१७ को नोभेम्बरमा सुरु गरिएको थियो ।
सरकारी उड्डयन उद्योग कर्पोरेसन अफ चाइना (एभिक) को सहयोगी कम्पनी चाङसा ५७१२ एयरक्राफ्ट इन्डस्ट्री कर्पोरेसन लिमिटेडले पहिलो विमान उन्नत गरेर मार्चमा पाकिस्तानलाई सुम्पिएको थियो ।
चिनियाँ वायु रक्षा मामिलाका विशेषज्ञ विशेषज्ञ पूm किंशाओले भने, “एयरफ्रेम तथा इन्जिनसहित कैयौं पुराना पुर्जा फेरिनुका अतिरिक्त विमानको ठूलै स्तरमा मर्मत गरिएको छ । विमानलाई नयाँ प्रविधियुक्त गरिने सम्भावना पनि त्यत्तिकै छ । यसबाट विमानको क्षमता बढ्नुका साथै यसलाई लामो समयसम्म प्रयोग पनि गर्न सकिन्छ ।”