चर्को व्याजदरको विरोधमा सडकमा उद्योगी व्यवसायी

नेपाल राष्ट्र बैंकले बैंक व्याजदर वृद्धि गरेपछि उद्योगी तथा व्यावसायी आन्दोलित भएका छन् ।
चर्को ब्याजदर विरुद्ध दाङका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् । जिल्लाका सम्पूर्ण उद्योग वाणिज्य संघहरुले आइतबार घोराही बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले ऋण लिएका व्यवसायीको अवस्था दयनीय बनेको बताए । “हामीले जिन्दगी भरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ” उनले भने । कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला व्यवसायीहरु अप्ठ्यारोमा परेको बताइएको छ ।
ज्ञापन पत्रमा बैंक तथा वित्तीय संस्थाहरुले १ असोजदेखि लागु हुनेगरी ब्याजदरमा गरेको वृद्धिप्रति जिल्लाका उद्योग वाणिज्य संघहरुको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कर्जाको व्याजदर आकासीने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुन्ेतर्फ जाने विज्ञप्तिमा भनिएको छ ।
बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाएका छन् । उत्पादित सामानको मूल्य आकासीए र आम सर्वसाधारणको जिविकोपार्जन पनि कष्टकर हुँदै गएको विज्ञप्तिमा भनिएको छ ।
आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिर्ति दरलाई बैंक वित्तीय संस्थाहरुको व्याजदर वृद्धिको निर्णयले थप मूल्य वृद्धि बढेको व्यवसायीले बताएका छन् । अर्थतन्त्र संकुचनमा जाँदा सरकारको राजस्व संकलनसमेत करिव २० प्रतिशतले न्यून हुँदै गएको छ । हालको निर्णयले व्याजदरमा अस्थिरता हुँदा व्यावसायिक लागतमा प्रक्षेपण गर्न नसक्ने र लगानी निरुत्साहित हुने छ ।