ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने «

ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने

विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग–व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ ।
अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूद्वारा १ असोजदेखि लागू हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी–व्यवसायी मर्माहत हुनेतर्पm महासंघले सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको पनि जनाएको छ ।
महासंघका अनुसार बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक तथा वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्ने तथा अर्थतन्त्र सुंकचित हँुदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको पनि महासंघले जनाएको छ ।
संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्थामा बंैक तथा वित्तीय संस्थाको पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हँुदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नया“ लगानी निरूत्साहित हुने महासंघले जनाएको छ । तर, कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बंैकिङ क्षेत्रबाट प्राप्त सहयोगको पनि महासंघले प्रशंसा गरेको छ ।
हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव भएका कारण सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर बढाएका छन् । लगानीयोग्य तरलता कम भएका कारण मंगलबारसम्ममा वाणिज्य बैंकहरुले केन्द्र्रीय बैंकबाट १७ खर्ब १६ अर्ब ७० करोड २० लाख स्थायी तरलता (एसएलएफ) सुविधा लिइसकेका छन् । राष्ट्र बैंकका अनुसार बैंकहरुले १ साउनदेखि ४ असोजसम्ममा सवा १७ खर्ब अल्पकालीन सापटी लिएका हुन् । मंगलबार पनि बैंकहरुले २८ अर्ब १३ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।
बैंकहरुले लगानीयोग्य तरलता कम भएका कारण नगद व्यवस्थापन गर्न असहज भएपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितोमा राखेर थोरै समयका लागि अल्पकालीन सापटी लिएका हुन् । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा निक्षेपको ब्याजदर बढ्छ । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको पनि ब्याजदर बढ्छ । तर, ब्याजदर बढेका कारण निक्षेप बढ्नुभन्दा पनि एक बैंकको निक्षेप अर्को बैंकमा सरेको मात्र बैंकरहरु आफैं गुनासो गर्छन् ।
यता बैंकको चर्को ब्याजका कारण उद्योग–व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै पूर्वका उद्योगी–व्यवसायीले यसै साता ब्याजदर नघटाए उद्योग–व्यवसाय बन्द गर्ने चेतावनीसमेत दिइसकेका छन् । उद्योगीले आफ्ना सम्पूर्ण जायजेथा जिम्मा लिन सरकारलाई आग्रह गर्दै राष्ट्र बैंकको पछिल्लो नीतिका कारण बैंकहरूले कमाउने तथा उद्योगीहरूले गुमाउँदै जाने अवस्था सिर्जना भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताएका छन् ।
विगत केही महिनादेखि चर्किंदै गएको बैंकको ब्याजदर, लगानीयोग्य तरलता अभाव तथा आयातमा गरिएको कडाइले उद्योग–व्यवसाय नराम्ररी प्रभावित भएको भन्दै उद्योगीहरुले पछिल्लो समय बजारमा लगानीयोग्य पुँजीको अभावका कारण उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न असमर्थ भएको पनि बताएका छन् ।
विगत ६ महिनामै एकल अंकको बैंकको ब्याजदर दोब्बर अंकमा पुगेको तथा बैंकहरूले आफूखुसी ४ प्रतिशतसम्म स्प्रेडदर कायम गरेका कारण विस्तारै लयमा फर्किंदै गरेको उद्योग–व्यवसाय फेरि धराशायी हुने अवस्थामा पुगेको उद्योगीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्