खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा नगद बोनस

राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई एक सय रुपैयाँ बोनस अफर ल्याएको छ ।
यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौकापनि रहेको छ । यो बोनस अफर, राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ । साथै यस अफरमा सहभागी भएकामध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर ३१ असोजसम्म लागू हुने बताइएको छ । खल्तीमा बैंक लिंक गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ ।
यसबाहेक आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलको प्रत्यक्ष भुक्तानी गर्न सक्छन् ।