Logo

लालीगुराँस सहकारीको लगानीमा डेरी उद्योग

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले डेरी उद्योग सञ्चालन गर्ने भएको छ । बहुउद्देश्यीय क्षेत्र लगानीअन्र्तगत संस्थाले ललितपुरको गोदावरीमा कारखाना स्थापना गरी दुग्धजन्य पदार्थहरू उत्पादन गर्न लागेको हो ।
सहकारी विकास बोर्डका अध्यक्ष दक्ष पौडेलले डेरी उद्योगको भवन निर्माणको शिल्यान्यास गरे । संस्थाले ६ महिनाभित्र भौतिक पूर्वाधार निर्माण गरी एक वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । १० करोड रुपैयाँ लागत अनुमान गरिएको उद्योगबाट दूध, दही, पनिर, आइसक्रिमलगायतका सामग्रीहरू उत्पादन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।

संस्थाले हाल बचत ऋण कारोबारका साथै बहुउद्देश्यीय लगानीअन्र्तगत ललितपुरमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज, चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकमा भैरवकुण्ड हाईड्रोपावरमा समेत लगानी गरेको छ । यसअघि विभिन्न कम्पनीमार्फत लगानी गर्दै आएको संस्थाले सहकारीमार्फत नै डेरी उद्योग सञ्चालन गर्न लागेको हो ।
गत आर्थिक वर्षसम्म ४१ करोड १७ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा ३२ करोड २० लाख रुपैयाँ छ । उक्त अवधिमा संस्थाले ४ अर्ब ४४ करोड निक्षेप संकलन गरी ३ अर्व ५७ करोड ऋण लगानी गरेको छ ।
नयाँ सहकारी ऐन तथा नियमावलीले बहुउद्देश्यीय सहकारी संस्थाहरूले अनिवार्य एक भन्दा बढी क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, हाल अधिकांश बहुउद्देश्यी सहकारी संस्था बचत तथा ऋण कारोबारमा मात्र केन्द्रित छन् ।

प्रतिक्रिया दिनुहोस्