माछापुच्छरे बैंकको मोबाइल बैंकिंग याप र वेवसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ«े र्बैंकले मोबाइल बैंकिंग याप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ«े बैंकको मोबाइल बैंकिंग याप र वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेष्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने पनि बैंकले जनाएको छ । उस अन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् तथा उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्ने पनि बैंकको भनाइ छ । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्नेछन् ।