नयाँ स्टक एक्सचेन्जले सेयर लगानीकर्तामा सहजता बढाउँछ ?

सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खोलेको छ । अहिलेसम्म एउटा एउटामात्र स्टक हुँदाखेरि सेयर लगानीकर्ताले सहज ढंगले सेवा नपाएको सेयर लगानीकर्ताको गुनासो छ । लगानीकर्तालाई धेरै लगानी गर्न गाह्रो पर्ने र बेलाबेलामा समस्या आइरहने कारणले लगानीकर्ता आजित रहेको उनीहरूको गुनासो छ । एउटा मात्रै भएका कारण अहिले भइरहेको नेप्सेले जसरी काम गरे पनि हुने जस्तो व्यवहार गर्ने कुराले समस्या आइरहेको लगानीकर्ताको बुझाइ छ । नेप्सेले आफूलाई सुधार गर्दै लैजाने र नयाँ ल्याउँदा प्रतिपस्र्धा हुन्छ भन्ने लगानीकर्ताको भनाइ हो । तर, नेप्सेका कर्मचारी भने अर्को स्टक एक्सचेन्ज ल्याउन नै नेप्सेमा बेलबेलामा समस्या सिर्जना गरिएको तथा नेप्से फ्रन्ट लाइन रेगुलेटर भएका कारण अर्को स्टक एम्सचेन्ज पनि अब रेगुलेटर हुने कारण बजारमा दुइवटा नियामक बनाउने कुरा तर्कसंगत नरहेको बताउँछन् । यसै विषयमा लगानीकर्ता तथा नेप्सेका कर्मचारीसँंग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :
अरू देशमा पनि दुई वटा स्टक एक्सचेन्ज छन्
छोटेलाल रौनियार
लगानीकर्ता
अहिलेसम्म एउटामात्र स्टक एक्सचेन्ज छ । उसले राम्रो काम गर्छ/गर्दैन, राम्रो प्रविधिलाई डिजिटल गर्नुपर्छ कि पर्दैन, अनलाइन राम्रो हुनुपर्ने हो कि होइन इत्यादि नभएर नेप्से एक्लै हुँदा उहाँहरूको मनपरि भयो नि । मनपरि भएकाले देशमा नयाँस्तरको परिवर्तन आउँदा के बिग्रेको छ र ? नयाँ स्टक एक्सचेन्ज अरू देशमा पनि छ । एक्सचेन्ज यो कुनै नयाँ कुरा त होइन, भारतदेखि लिएर कतिपय देशमा पनि छ, फेरि यो प्रश्न पनि आउला, धेरै काममा प्रतिस्पर्धा भएको बेलामा नयाँ नेप्से किन ? भनेर । तर महिना दिनमा पाँच–सातवटा कम्पनी त आइरहेको छ नि ! नयाँ कम्पनी आउँछन्, नयाँ कम्पनीले पनि काम गर्दै जान्छन्, यी पुराना कम्पनीहरू नेप्सेसँग खुसी छैनन् भने नयाँसँग जालान्, अहिलेको आधुनिक जमानामा प्रतिस्पर्धा भयो भने गुणस्तर हुन्छ, सेवा राम्रो हुन्छ, धेरै कुरामा परिवर्तन आउँछ । त्यसै कारणले नयाँ स्टक एक्सचेन्ज चाहिन्छ । यो हामी आमलगानीकर्ताको माग पनि हो । नयाँ–नयाँ प्रविधिका आईपीओहरू आउँछन्, सेवाशुल्क कम हुन्छ । प्रतिस्पर्धा गरेपछि गुणस्तर बढ्छ । त्यसै कारण पुरानो पनि हुनुपर्छ । त्यससँगै नयाँ आउँदाखेरि हामीले त्यसमा के कुरा राखेका छौं भने कमसेकम ३० प्रतिशत आईपीओ आउनुपर्छ, सार्वजनिक हुनुपर्छ । त्यो निजी सार्वजनिक दुवै हो । त्यो खालि १० प्रतिशत, ५ प्रतिशत निकालेर गर्नु हुँदैन, त्यो भनेर पनि आइरहेको छ । त्यो भयो भने चलखेल कम हुन्छ र अर्को के हो भने नयाँ प्रविधि, नयाँ डिजिटल कुराहरू ल्याउनुपर्छ । न्यायमा ल्याउनुपर्छ, खालि ल्याउने भनेर कमिसन खानलाई र पैसा कमाउनेलाई मात्र हो । यो हामीले भनेको नयाँ सेवाशुल्क डिजिटल गर्नुपर्ने/हुनुपर्ने, नयाँ आईपीओ सुविधा हुनुपर्ने, सेवा सार्वजनिक हुनुपर्ने र सेवाशुल्क राम्रो दिएर कमिसन कम गर्नुपर्छ र भएको नेप्सेलाई पनि अपडेट गर्नुपर्छ । त्यसलाई पनि पब्लिकसम्म बाँड्नुपर्छ । धेरैले बाँड्ने होइन निकाल्ने भन्छन् । तर, वर्षौं वर्षसम्म रोकिराखेको छ अनि उहाँहरूले जस्तो सेवा शुल्क दिए पनि हामीले केही बोल्न मिल्दैन । सेवामा मनोपोलिजम छ उहाँहरूको । त्यसैकारण उहाँहरूको पनि सबै अपग्रेट गरेर लानुपर्छ नेप्सेको प्रविधि आईपीओहरू बढ्नुपर्छ, कमिसन कम हुनुपर्छ, लगानीकर्ताहरूको मर्काहरू बुझ्दिनुपर्यो, लगानीकर्ताको समस्या उहाँहरूले फोन गर्दा बुझ्दैनन्, सेवा बिग्रेमा पनि मतलब छैन । जे भए पनि म एकलौटी हो भन्ने मनोपोली छ, मेरो आफ्नै हो, तिमीहरू खाए खा, नखाए जबर्जस्ती खा भन्ने हिसाबले चल्छन् । त्यसैकारण नयाँ नेप्से आएको राम्रो हो । यसले पुँजीबजार विकास/विस्तार पनि गर्छ । नेप्सेलाई पनि सुधार्ने तर प्रतिस्पर्धा छ कि छैन, नयाँ कुरा ल्याए पनि नयाँ नभई हँुदैन नि ! म एक्लै सबै संसार सक्छु भन्छ भने त्यसलाई पनि मनोपोली गर्न नदिने भनेको हो । मनोपोली भइदियो भने नराम्रो गतिविधि हुन्छ । अहिले हामीले देख्न पनि सक्छौं । त्यही हटाउनलाई त नयाँ ल्याउन लाएको हो नि ! पुरानो नेप्सेलाई अपग्रेड गर्ने, सार्वजनिक मुद्दा सुल्झाउने गर्नुपर्छ । बजारमा के भनेको छ, त्यो हामीले हेर्ने होइन, हामीले के भनेको हो भने नयाँ नेप्से आउँदाखेरि त्यसको सेवा–सुविधाहरू सार्वजनिकलाई आईपीओ ३० प्रतिशत निकाल्ने । उसले गुणस्तरीय, राम्रो सेवा दिने, नयाँ डिजिटल कुराहरू ल्याउने, त्यसमा सबै छन् नि, नयाँले पुरानोसँग प्रतिस्पर्धामा जानु छ । दुई–चारजना ठूलाबडाले आवेदन गर्छन् त त्यसमा जसले पाउँछ त्यसले राम्रो सेवा सुविधा ल्याउनुपर्योे । नयाँ आधुनिक जमानामा जानुपर्यो । लगानीकर्ता अथवा सबैको गुनासो सुन्नुपर्यो र हाम्रो राम्रो गर्नुपर्यो । पुँजीबजारको विकास गर्नुपर्यो । लगानीकर्ताको हकहितको काम गर्नुपर्यो ।
नयाँ स्टक एक्सचेन्जले प्रतिस्पर्धा बढाउँछ
राधा पोखरेल
लगानीकर्ता
एउटामात्रै स्टक हुँदाखेरि बीचमा समस्या आइराखेको छ । लगानीकर्तालाई धेरै लगानी गर्न गाह्रो पनि परिराखेको छ र त्यही बेला स्टक बिग्रिरहने अनि त्यो भइहाल्यो अनि त्योसँगै अर्को पनि स्टक आयो भने प्रतिस्पर्धा हुने भनेर हामीले धेरै अघिदेखि माग गर्दै आएका हौं ।
अहिले भएको नेप्से त छँदै छ, त्यसले जसरी काम गरे पनि हुने जस्तो कुरा भयो । पुरानो नेप्सेले आफूलाई सुधार गर्दै गर्छ । त्यसलाई पनि अपग्रेड त गर्नु पर्यो ! त्योसँगै दुईवटा भयो भने प्रतिपस्र्धा हुन्छ । पुरानो वा अहिलेको नेप्सेले लगानीकर्तालाई लिएर नसोचेको पनि देखिन्छ । त्यसैले दुइटा भयो भने कुन कम्पनीले राम्रो सुविधा दिने भन्ने पनि रह्यो । त्यसले गर्दा प्रतिस्पर्धा हुन्छ । नेपालको सिस्टममा सबै पैसाबाट हुने हो, जेलाई पनि पैसा नभई हुँदैन, नेप्सेलाई पनि त पैसा चाहिन्छ । तर, त्यस्तो होइन । अहिले पनि भिन्न–भिन्न मान्छेले चलखेल गरेर पैसा खाएर लाइसेन्स हाल्दियो भनिन्छ, स्टक अर्को ल्याउन आँट्यो भनिन्छ । त्यो त होइन नि, त्यसो त गर्नु भएन नि, काम कसरी हुन्छ ? लगानीकर्तालाई सहज हुनुपर्यो । पैसा खाएको कुरा सुन्नमा आएको छ । यस्ता कुरा कति सत्यतथ्य छन् त भन्न सकिन्न, तर त्यस्तो गर्नु गलत हो । हामीले पनि विचार गर्ने कुरा हो र पछिल्लो समय यी कुरा धेरै उठिरहेको छ । यस्तो हुनु हुँदैन, भएको छ भने पनि रोक्नुपर्यो । लगानीकर्तालाई सहज बनाउनु हाम्रो जिम्मेवारी हो भनेर पनि त काम गर्नुपर्छ । जसरी काम गरे पनि लगानीकर्ताले त्यसैलाई नयाँ स्टक एक्सचेन्ज ल्याउन आवश्यक देखिन्छ ।
नियमनकारी निकाय दुई वटा हुनु हुँदैन
नवराज थापा
अध्यक्ष, नेप्से कर्मचारी संघ
यो स्टक एक्सचेन्जको आवश्यकता कस्तो हुन्छ भने नयाँ एक्सचेन्जको आवश्यकता कहिले पनि पर्दैन । के नेपालमा नियमनकारी निकाय नेपालको प्रहरी कमजोर भयो भनेर अर्को प्रहरी संस्था खडा गर्न त मिलेन नि ! त्यसैले एउटै देशमा दुईवटा राजा भए भने देश बिग्रँदैन, सिधा कुरा त्यो पो हो त ! त्यो मान्छेले कम बुझे, नेपाली सेना कमजोर भयो, अर्को सेना गठन गरौं । कम्पनी खडा गरौं । चार अर्ब पुँजीको भन्न मिल्यो । हामीले भन्न खोजेको के हो भने कक्षा दुईका विद्यार्थीले पनि बुझ्ने गरी भन्नुपर्दा यदि निजी लगानीकर्तालाई बजारमा लगानी गर्ने इच्छा हो, हामीले भनेको स्टकमा लगानी गर्न किन नपाउने ? प्रश्नको उत्तरमा आउनोस्, सँगै लगानी गरौं भनेकै छ त ! हामीले आउनुस्, लगानी गरौं, पुँजी बढाऊँ, पाँच अर्ब बनाऊँ, गाउँ–गाउँ यसको बजार बनाऊँ । ब्रोकर संख्या पो बढाउने हो त । प्रतिस्पर्धा बढाउने भनेको एकमात्र शब्द के हो भने गुणस्तर वृद्धि र न्यूनतम मूल्य यसलाई भन्छ । प्रतिस्पर्धाको आधारमा तय भएको वस्तु हो अनि यसका लागि त स्टकको मूल्य चार हजार भए पनि स्टक कम्पनीको भनेर त्यसलाई गुणस्तर बढाएर दुई हजारमा पुर्याउने हो त, होइन नि ! हामी त सधैं स्टकको मूल्य बढाउने हो अनि प्रतिस्पर्धा कहाँनेर हो भने ब्रोकर संख्या पो थप्ने हो त ! गाउँगाउँमा, पालिका–पालिकामा एउटा अफिस जाओस् त, त्यो पो प्रतिस्पर्धा बढेको हो त । अब धितोपत्र बोर्ड भएन अर्को ल्याऊ, नेपाल राष्ट्र बैंक भएन अर्को पैसा छाप्ने कम्पनी ल्याऊ भनेर हुन्छ प्रतिस्पर्धा ? स्रोतमा, छपाइमा भनेजस्तो कुरा हो त होइन नि ! यो त सरल भाषामा बुझ्ने कुरा हो ।
अहिले के भएको भने नियमन निकायका कर्मचारी बिग्रने स्थिति पैसा र अर्को हातमा लिएको शपथग्रहण लिएको बुझिन्छ । भोलि हमालले दुई वर्षमा धितोपत्र बोर्डमा पनि स्टक एक्सचेन्ज पुँजीबजार ध्वस्त बनाउने र फेरि थाइल्यान्ड गएर बस्ने र उसको व्यवसाय चलाउने अनि बनाउने हामी नेपालमा बस्ने नेपाली नागरिकले बनाउने हो । त्यसैले भन्न मिल्दैन, यसमा पनि त प्रश्न छ नि । हामीले विकल्पको बाटो अथवा अबको बाटो हामीले आधुनिकीकरण सुनिश्चित भनेका छौं, यसका लागि के भने सर्वसाधारणमा सेयर जारी पुँजी कम्पनीहरूको सेयर जारी अनि हामीले जुनै क्षेत्रबाट पनि ल्याउने हामी सरकार निजी क्षेत्र, नीति, तिथि भनिन्छ नि, अर्थतन्त्रमा हुन्छ । नागरिकले लाने निजी लाइसेन्स गरौं, त्यो क्रममा पो हामी जाने हो त । रेगुलेटर बढी दुईवटा भयो भने तपाईंले कसको आदेश मान्नुहुन्छ ? उहाँलाई यो गीतजस्तो, कविताजस्तो गजल फुराउने होइन, उहाँले के बुझ्नुभयो, सिधा कुरा छ, यो कक्षा १० को बच्चाले बुझ्छ, यो तर उहाँले किन बुझ्नु भएन यो उहाँलाई बुझाउन जरुरी छ ।
नयाँ स्टक एक्सचेन्ज आउन हुन्न भन्ने हुँदैन
हेमन्त बस्याल
लगानीकर्ता
आवश्यकता किन भन्ने कुरा राज्यले हेरेको होला । यो कुरामा मुख्य दुईवटा कुरामा बहस भइरहेको छ । एउटा, मुख्य सरकार निकायबाट प्रभावित फाँट सानो छ, त्यसो हुँदाखेरि अर्को स्थापित चाहिन्छ भन्ने कुरा भएको छ । अनि अर्को भनेको नेप्सेले आफूलाई सुधार गर्दै लगेन, बजारलाई कुनै एउटा निकायको बन्दी गर्नु पनि हँुदैन । त्यसो हुँदाखेरि प्रतिस्पर्धा चाहिन्छ । त्यसैले अर्को नयाँ एक्सचेन्ज आउनुपर्छ भन्ने कुरामा पनि बहस भएको छ । अब सैद्धान्तिक हिसाबले हेर्ने हो भने दोस्रो नेप्से सही देखिन्छ, किनभने बजारमा मनपरि हुनु हुँदैन । किनभने बजार भनेको सूक्ष्म निकाय हो । त्यसैले बजार सही तरिकाले चल्नुपर्छ । बजार सही ढंगले चलेन भने देशको अर्थतन्त्र बिग्रिन सक्छ । त्यसैले बजार गतिशील हुन आवश्यक छ र नेपाल स्टार्टेट चेन्ज सफल अथवा सबल भएन भन्ने हिसाबले हेरेको कुरालाई नकार्न सकिन्न । तर, नयाँ एक्सचेन्ज आउने कुरासँगसँगै त्यहाँ धेरै कुरा जोडिएको छ । अब समस्त नै अर्थ समितिको अध्यक्ष संयोजक जस्तो मान्छे, सभापतिजस्तो मान्छेले चाहिँ अन्य खालका गन्ध छ भन्ने कुराहरू ल्याइसकेको अवस्थामा चाहिँ त्यो गन्ध के हो भन्ने कुरा जान्न र चिन्न आवश्यक छ । त्यो दोष आउँछ र नयाँ एक्सचेन्ज आउँछ भने हामीले त्यसलाई अन्यथा मान्नु पर्दैन ।
अहिले भएको नेप्सेलाई पनि सुधार्न सकिन्छ तर नेप्से आफैं तयार हुनुपर्यो नि ! नेपाल स्टक एक्सचेन्जले गतिशीलतापूर्व काम गर्नुपर्यो, लापरबाही सुधार्नुपर्यो । यति लापरबाही छ कि इन्डेक्स गणनाको विधि अहिलेसम्म सबैसामु ल्याउन सक्दैन, कति कुरा जनताको सामु ल्याउन सक्दैन अनि अन्य कुरामा पनि समस्या छन् । मुख्य कुरा, व्यावसायिकतामा नै समस्या छ भन्न सकिन्छ । त्यसैकारण नयाँ एक्सचेन्ज आउनै हुँदैन भन्ने पक्षमा मेरो भनाइ छैन वा मेरो पक्ष छैन, मचाहिँ नयाँ एक्सचेन्ज आउँदाखेरि त्यसले यदि नयाँ बजार समग्र बजारलाई हित गर्छ भने ठीक छ, तर नयाँ स्टक एक्सचेन्ज ल्याउने नाममा अन्य कुराहरू भएका छन् भने त्यो कुराको पनि छानबिन हुनुपर्छ । बजारचाहिँ स्वछन्द हुनुपर्छ भन्नेचाहि मेरो बुझाइ हो । पैसाको लेनदेनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाइन्छ भन्छन् नि ? पैसामा पनि लाइसेन्स पाइन्छ ? भन्ने कुरामा मलाई त्यति जानकारी भएन । अर्थ समितिको सभापतिले सामान्यमै उठाएको कुरालाई हामीले असामान्य हिसाबले हेर्नुपरेको छ । त्यो कुरा के हो भने भन्ने चाहिँ राज्यले छानबिन गर्नुपर्छ । त्यो गन्ध छैन भनेर स्पष्ट पार्ने जिम्माचाहिँ राज्यको हो । पैसामा लाइसेन्स बेच्न थालेको हो भने त्यो गलत हो, त्यो हुनु हुँदैन । यदि त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्नुपर्छ राज्यले । तर, त्यसको मतलबचाहिँ नयाँ स्टक एक्सचेन्ज नआउने भन्ने हुँदैन ।