Logo

मोबाइल बैंकिङको फण्ड ट्रान्सफरमा नयाँ अफर

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्विस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ ।
सो अफरअन्तर्गत हरेक हप्ता मोबाइल बैंकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये एक सय दुई जनाले १०२ रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर २९ असोजसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।
आइतबारदेखि शनिबारसम्मको समयावधिमा लक्की ड्रमार्फत साप्ताहिक विजेताहरू छानिनेछन् र सोको जानकारी हरेक हप्ताको अन्त्यपछि प्रकाशन गरिने बताइएको छ ।
फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्