कुमारी बैंक र श्रीकृष्ण पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक र रुपन्देहीस्थित श्रीकृष्ण पोलीक्लिनिकबीच सम्झौता भएको छ ।
बैंकका ग्राहकले पोलीक्लिनिकबाट प्रदान गर्ने सेवाहरूमा छुट प्राप्त गर्ने समझदारी भएको हो । यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले सो पोलिक्लिनिकबाट सेवा लिएबापत बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कमा ३ देखि ५ प्रतिशत छुट पाउने जनाइएको छ ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । बैंकले १९८ शाखा सञ्जाल, १९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।