Logo

ग्लोबल आइएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र चितवनस्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारीका तर्फबाट अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई–भैंसी पालन गरी दूध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
उक्त अवसरमा बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ सेवाको मूल प्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्