इसेवाको ‘मेरो यात्राको साथी’ अफर «

इसेवाको ‘मेरो यात्राको साथी’ अफर

भुक्तानी सेवा प्रदायक इसेवाले आसन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत यात्रुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइने कम्पनीले जनाएको छ । अफरमा हवाइजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहारस्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् ।
अफरअन्तर्गत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि थप ३ प्रतिशत अथवा ३ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड ‘नयाँ’ प्रयोग गर्नुपर्नेछ ।
यस्तै ३ वटा टिकट खरिद गर्दा थप १ सय ५० रुपैयाँ प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर उल्लेख गर्नुपर्नेछ । यस्तै इसेवामार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । इसेवामार्फत होटल बुक गर्दा २२ भदौ र १ असोजमा १ देखि १:३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यस्तै १९ र २२ भदौ र २ असोजमा बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यसैगरी अन्तर्राष्ट्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा २५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर १६ असोजसम्म लागु हुने कम्पनीले जनाएको छ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्