Logo

ट्रम्प पहिलो विदेशी नेता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट् नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता भएका छन् ।
नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो नीलो टाई लगाएका थिए ।
भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएका थिए । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएका थिए भने मेलानियाले सेतो कपडा र अग्लो रातो हिल लगाएकी थिइन् ।
राजप्रासादमा दुई नेताबीच झन्डै ५० मिनेट भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्