Logo

भारत आर्थिक वृद्धि रोकिने जोखिममा

मेन न्यूज भारत आर्थिक वृद्धि रोकिने जोखिममा एजेन्सी नयाँ दिल्ली, १७ माघ भारत आर्थिक वृद्धिको मामिलामा विकासशील अर्थतन्त्रबाट विकसित अर्थतन्त्रमा जानबाट रोकिने आर्थिक सर्वेक्षण– २०१७/१८ ले देखाएको छ । भारतले २००८ को विश्वव्यापी वित्तीय संकटपछि हालको वृद्धि अवधिमा न्यून मध्यम आम्दानीको देशबाट मध्यम आम्दानीको स्तरमा जाने लक्ष्य निर्धारण गरेको सर्भेले जनाएको छ । सुरुको ‘कन्भर्जर’ मुलुकमा जापान र कोरियालगायतका मुलुकहरू समावेश भएका छन् । “भारतको प्रतिव्यक्ति आय ६.५ प्रतिशतका दरले वृद्धि भएमा भारत २०२० को दशकको मध्यदेखि अन्त्यसम्मको अवधिमा उपल्लो मध्यम आम्दानीको स्तरमा पुग्नेछ,” सर्भेले जनाएको छ ।

यद्यपि वर्तमान परिवेशमा केही निश्चित जोखिमहरूले वृद्धिदरलाई रोक्ने सक्ने सर्भेले जनाएको छ । यस किसिमका जोखिमहरूमा निर्यातको अवसरलाई घटाउने विश्वव्यापीकरणमा देखिएको अवरोध, संरचनात्मक सुधारमा देखिएको कठिनाइ, मानव पुँजीलाई प्रविधिमुखी कार्यथलोको मागका रूपमा अद्यावधिक गर्ने चुनौती र जलवायु परिवर्तनले कृषिमा थपेको तनावलगायत परेको सर्भेले देखाएको छ ।

विश्वव्यापीकरणमा देखिएको अवरोध विशेष जोखिमका रूपमा रहेको सर्भेले देखाएको छ । चीनको तुलनामा २००८ देखि २०१० सम्मको अवधिमा भारतको राम्रो वृद्धिको हिस्सा ३७ प्रतिशतबाट ३२ प्रतिशतमा झरेको छ । जबकि चीनको हिस्सामा वृद्धि भएर ५३ प्रतिशत पुगेको छ । जब भारतले विकसित राष्ट्र बन्ने दौड सुरु गरेको अवस्थामा मानव पुँजीलाई व्यापक रूपमा उत्पादनमूलक क्षेत्रमा परिचालन गरिएको छ । तर प्राविधिक विकासले कम दक्ष मानव स्रोत लामो समयसम्म आवश्यक नपर्ने देखाएको छ ।

प्रविधि बढ्दो रूपमा दक्ष मानव पुँजीको पक्षमा रहँदै आएको सर्भेले उल्लेख गरेको छ । भारतको कृषि उत्पादकत्वको वृद्धि विगतको तीन दशकसम्मको अवधिमा स्थिर रहँदै आएको सर्भेले जनाएको छ । सिँचाइका लागि व्यापक रूपमा वर्षाको पानीमा निर्भर रहँदै आएको छ । भारतको कृषिक्षेत्र बढ्दो तापक्रम र जलवायु परिवर्तनबाट नराम्ररी प्रभावित भएको पनि सर्भेले जनाएको छ । हरित क्षेत्रतर्फको बसाइँसराइका कारण कृषिक्षेत्रले खराब अवस्थाको चुनौतीको पनि सामना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्