सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर «

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलो पटक टपअप गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्र्न सक्ने बैंकले जनाएको छ । यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकले मोबाइलफोन जित्न सक्ने बैंकको भनाइ छ ।
मोबाइल बैंकिङ एपमार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोर्डबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिन्छ । यो योजना १३ मंसिरसम्म लागू हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्